लागूऔषध इन्जेक्सनको एम्पुलसहित युवक पक्राउ

डिसी नेपाल
१३ असार २०८२ १६:३५
240
Shares

रौतहट । रौतहट प्रहरीले गौरबाट लागूऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ।

गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहिवार जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित युवकलाई पक्राउ गरेको हो।

स्याङ्गजा जिल्ला हरिबास गाउँपालिका–४ का ३१ बर्षीय निलकुमार थापा मगरलाई प्रतिबन्धित लागु औषधको इन्जेक्सनको एम्पुलसहित पक्राउ गरिएको रौतहट प्रहरीकाडीएसपी दीपककुमार रायले जानकारी दिए।

उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागूऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ। भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागूऔषध फेला परेको उनले जानकारी दिए।

उनलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.