कप्तानी डेब्यूमै साम्बाको ह्याट्रिक

डिसी नेपाल
१५ असार २०८२ २१:००
424
Shares

काठमाडौं। उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छिन्। उनी लाओस विरुद्धको खेलमा कप्तानी डेब्यूमै ह्याट्रिक गर्न सफल भएकी हुन्। साम्बाले ५९ खेल खेल्दै आफ्नो व्यक्तिगत गोलको सङ्ख्या ६२ पुर्याएकी छिन्।

साम्बाले पहिलो हाफमा एउटा गोल गरेकी थिइन्। उनले दोस्रो हाफपछि थप तीन गोल गरेकी हुन्। एएफसी एसियन कप छनोटको पहिलो खेलमा साम्बाले पहिलो पटक कप्तानी जिम्मेवारी सम्हालेकी हुन्। साम्बा नेपाली महिला फुटबल टोलीकी ११औँ कप्तान हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.