एसियन कप छनोटमा नेपालको विजयी सुरुवात

डिसी नेपाल
१६ असार २०८२ ६:५९
120
Shares

काठमाडौं। एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९-० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन्। खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन्।

नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे।

जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ। साथै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.