मलेसियाको ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर’ नेपाली बालक अदृत र निर्भयलाई उपाधि
काठमाडौं। मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगीता ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’मा नेपालका दुई बालकले एक शिर्षसहित बिभिन्न उपाधि जित्न सफल भएका छन्।
प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी अदृत कुँवरले ‘प्रिन्च जुनियर टुरिजम एम्बेसडर २०२५’को शिर्ष उपाधि जित्दा सोही प्रतियोगीतामा सहभागी अर्का बालक निर्भय श्रेष्ठले फष्ट रनरअपको उपाधि हासिल गरे।
प्रतियोगीतामा शिर्ष उपाधि जितेको कुँवरले ‘बेष्ट क्याटवाक अवार्ड’ र ‘बेष्ट इन स्पीच अवार्ड’समेत हात पार्दा श्रेष्ठले ‘बेष्ट टुरिजम भिडियो अवार्ड’ जित्न सफल रहे। क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना हुने कार्यक्रमका लागि श्रेष्ठ र कुँवरलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले प्रतियोगीतामा सहभागी गराएको हो।
‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर’ विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो। दुवैले प्रतियोगितामा नेपाली कला-संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवद्र्धन समेत गरेका छन्।
प्रतियोगितामा विशेषतः कुँवरले नेपाली ‘लाखे’ र श्रेष्ठले नेपाली मौलिक बाजा ‘मादल’को प्रचार गरेका थिए। दुवैले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवद्र्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका थिए। जसले अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई नेपालप्रति आकर्षित गरेको बताइन्छ।
प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए। दुवै बालक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’का विजेता हुन्। प्रतियोगितामा सहभागी कुँवर र श्रेष्ठको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन्।







डिसी नेपाल








Facebook Comment