मेस्सीको टिमलाई हराउँदै अघि बढ्यो मेस्सीको पूर्व क्लब

डिसी नेपाल
१६ असार २०८२ १०:१७
68
Shares

काठमाडौं। पेरिस सेन्ट जर्मन (पिएसजी)ले घरेलु टोली इन्टर मियामीविरुद्ध ४-० को सहज जित निकालेको छ। यो जीतसँगैँ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

आइतबार मार्सिडिज बेन्ज रंगशालामा पिएसजीलाई जित दिलाउन जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे पनि थप एक गोल भने आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो।

खेलको छैटौं मिनेट मै नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो भने  फाबियन रुइसको पासलाई सदुपयोग गर्दै नेभेसले नै ३९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए।

टोमस एभिलेसबाट आत्मघाती गोल हुन पुग्दा ४४औं मिनेटमा पिएसजीको अग्रता ३-० मा पुग्यो भने हाकिमीले ४८औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए।

पिएसजी मेस्सीकाे पूर्व क्लब हाे, जुन छाडेर उनी इन्टर मियामीमा प्रवेश गरेका थिए। तर, पहिलाे पटक मेस्सी आफ्नै पूर्व क्लबवाट पराजित हुन पुगे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.