सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकदेखि सहायक हवल्दारसम्म २ हजार १ सय ९६ जनाको बढुवा 

डिसी नेपाल
१६ असार २०८२ ११:२९
236
Shares

काठमाडाैं।  करिब १ महिनाको बिचमा  सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म २ हजार १ सय ९६ जनाको बढुवा गरेको छ।

बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमुहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ जना छन्। त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन्।

मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा फाराम भर्न भनिएको थियो।

त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको हो।

बढुवा मूल्यांकन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो। खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया शुरु हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.