कांग्रेस बैठक चार/पाँच दिन चल्ने, यस्तो छ कार्यसूची

डिसी नेपाल
१६ असार २०८२ १७:३७
40
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार/पाँच दिनसम्म चल्ने बताएका छन्।

सोमबार केन्द्रीय समितिको बैठक पश्चात उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरु राख्न समय लाग्ने बताए।

अधिवेशन हुन नसकेका भातृ संगठनहरुको सम्बन्धमा सम्बन्धित भातृ संगठनका नेतृत्वले आफ्नो आफ्नो दृष्टिकोण पनि बैठकमा प्रस्तुत गर्ने बताए। साथै, भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्थाको छलफल भएको छ।

विधानतः हरेक दुई महिनामा बस्नुपर्ने बैठक नौ महिनाको अन्तरालपछि बसेको हो। बैठकमा पार्टीको एकसय दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिएको छ। बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.