भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

डिसी नेपाल
१७ असार २०८२ ८:०८
60
Shares

काठमाडौं। एसिसी मेन्स यु-१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

मंगलबार मलेसियाको सिलेगंर ट्रफ क्लबमा भुटानविरुद्ध नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपालले अझसम्म खेलेको तीनै खेलमा जित हासिल गरेको छ। आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ। नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ।

नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो।

अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ। सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ। सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्।

समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन्। हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.