माओवादीले भन्यो- कुलिङ पिरियडको चलखेल गम्भीर अपराध हो

डिसी नेपाल
१७ असार २०८२ १२:१०
80
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको बताएको छ।

आज संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै माओवादीका उपमहासचिव जनार्दन शर्माले राज्य व्यवस्था समितिले पारित गरेकोभन्दा फरक शब्दहरू ऐनमा राखिनु गम्भीर अपराध भएको र दोषीलाई कारबाही हुनुपर्ने बताए।

यसमा समितिले पास गरेकोभन्दा बाहिर गएर गरिएको भन्नेमा सबै सदस्यहरूको एउटै धारणा रहेको र सभापतिले आफूलाई थाहा नभएको भन्नु गम्भीर विषय भएको उनले बताए।

यसले संसदको सार्वभौम अधिकारमाथिको हस्तक्षेप भएको शर्माको ठहर छ। ‘यो संसदलाई उपहार दिने नाममा गरिएको षड्यन्त्र र बदमासी हो। यो अत्यन्तै निच र तुच्छ कार्य हो। यसको छानबिन हुनैपर्छ। सभापति, सचिव वा समिति जसको गल्ती हो, उसले जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

उनले कानुनमै हेरफेर गरेर जनताको विश्वास गुमाउने काम भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.