कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्यविरुद्धको कसुर हो : शाही

डिसी नेपाल
१७ असार २०८२ १३:२९
24
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्यविरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका छन् ।

मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानुन र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्यविरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन्।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानविन होस्। नेपालको कानून बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन्। यो त राज्य अपराध हो। संसद बनाएका छौ, समितिहरु बनाएका छौं। ति समितिका संसदहरुको महत्त्वलाई नै छेडखानी गर्ने राज्य विरुद्ध कसुर नै हो।’

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए।

‘समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। छानविन गरी दोषी भए कारबाही गर्नुपर्छ। यही सभापतिले नगरी कर्मचारीले यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुर लगाएर अपराध गर्नेहरुलाई जेल सजाय हुनुपर्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.