सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेका छौं : मुख्यमन्त्री शाह
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको प्रादेशिक निर्देशक समितिको दोस्रो बैठकमा उनले कार्यक्रमले जनप्रतिनिधिलाई थप उत्तरदायी र जिम्मेवार बनाएर जनतालाई सेवा दिन महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले प्रदेशको विकास प्राथमिकता, योजना र कार्यक्रमलाई साझा दृष्टिकोणबाट कार्यान्वयन गर्न, पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताए।
सुदूरपश्चिम प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासलाई सुनिश्चित गर्न प्रदेश सरकार र विकास साझेदार संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको उनले बताए।
प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रदेशका ८८ वटै स्थानीय तहमा सञ्चालनमा रहेको छ।







डिसी नेपाल








Facebook Comment