बाबुरामले भने- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट

डिसी नेपाल
१७ असार २०८२ १७:०४
128
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको जालसाझी इतिहासकै निकृष्ट र लाजमर्दो भएको बताएका छन्।

‘कूलिङअफ पिरियड भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामापछि अर्को ठूलो सरकारी भाग खान २ बर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र होइन, विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ,’ कुलिङ पिरियडबारे धारणा सार्वजनिक गर्दै उनले यस्तो भनेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले यस घटनालाई उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा कति ठूला राज्य दोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराध हुँदै आएका र हुन सक्ने रहेछन् भन्ने ताजा प्रमाणका रुपमा उल्लेख गरेका छन्। उनले यस घटनाको जति भर्त्सना र निन्दा गरे पनि कम हुने बताए।

अब टालटुले सुधारले नहुने बताउँदै देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गर्नुपर्ने धारणा उनको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.