सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

डिसी नेपाल
१७ असार २०८२ १९:३८
128
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन्।

मंगलबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरु समक्ष आफ्नो धारणा राख्दै नेता निधिले आन्दोलित सुनचाँदी व्यवसायीहरुको माग जायज रहेको बताए।

उनले सुनचाँदी विलासिताको साम्रगी नभएको धारणा राखे। नेता निधिले अर्थतन्त्रसंग सिधा जोडिएको वस्तुलाई विलासिता वस्तु भन्नु नमिल्ने बताए।

उनले रुपैयाँ लिन बैंकमा डिपोजिट गर्न मिल्ने सुनलाई विलासिता वस्त भन्न नसकिने बताउँदै सम्पक्ति र विलासिताको वस्तु दुबै अलग अलग कुरा रहेको स्पष्ट पारे। नेता निधिले सुनचाँदीमा विलासिता कर र मुल्य अभिवृद्धि कर दुबै नलाग्नु पर्ने बताए।

सरकारले कार्यदल गठन गरेर सुनचाँदी व्यवसायीहरुके समस्या समाधान गर्नुपर्ने नेता निधिले बताए। बजेटमा समावेश भएपनि अहिलेको लागि विलासिता कर लागु नगर्न उनले सरकारलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.