सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

डिसी नेपाल
१८ असार २०८२ १८:४७
184
Shares

काठमाडौं। नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको १३ औँ समूहको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम आज सम्पन्न भएको छ।

नेपाली सैनिक वार कलेजमा सञ्चालित गत फागुन २२ गतेदेखि सञ्चालन भएको महासेनानी दर्जा दर्जाका अधिकृत सहभागी तालिममा दुई महिलासहित ३५ जना शिक्षार्थीको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

तालिममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम भएको छ भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरे। नेपाली सेनाका मुलुकभित्र सञ्चालन हुने माथिल्लाका अधिकृत सम्मिलित उक्त तालिमको प्रधानसेनापति अशोकराज सिग्देलले एक कार्यक्रमकाबीच समापन गरे।

त्यसअवसरमा प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले विसं २०७१ देखि सञ्चालन हुँदै आएको उक्त तालिमका विविध पक्षबारे जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.