पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
रौतहट। धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा बारा प्रहरीले पतिलाई पक्राउ गरेको छ।
कलैया उपमहानगरपालिका – १० मटिअर्वा बस्ने ३५ वर्षीय बच्चा मियाँलाई प्रहरीले पक्राउ गरेको हो। आफ्नै घरमा घरायसी विवादको क्रममा बुधबार दिउँसो करिब ३ः१५ बजे मियाँले पत्नी सहिना खातुनलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्ति धारिलो हतियार प्रहार गरी खातुनको हत्या गरेको उल्लेख्य छ। बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतका अनुसार घरायसी विवादका क्रममा पति मियाँ मासु काट्ने दाब (धारिलो हतियार) प्रयोग गरी सहिनाको टाउको र गर्दनमा प्रहार गर्दा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धानपछि अभियुक्त मियाँलाई पक्राउ गरेको उनले जानकारी दिए। प्रहरीले हत्यामा प्रयोग भएको दाब पनि बरामद गरेको छ। यस घटनाका बारेमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।







डिसी नेपाल







Facebook Comment