बागमती प्रदेशसभाः बजेटमा छलफल हुँदै

डिसी नेपाल
१९ असार २०८२ ९:४६
20
Shares

बागमती। बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ ।

प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए ।

आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.