लिभरपुल क्लवका स्टार फुटबलर डियोगो जोटाको २८ वर्षको उमेरमा निधन
काठमाडौं । लिभरपुल क्लवका स्टार फुटबलर २८ वर्षीय डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ । स्पेनी अखबार मार्काले जनाएअनुसार उनको आज बिहान स्पेनको जामोरा प्रान्तमा भएको सडक दुर्घटनामा मृत्यु भएको हो ।
जोटा पोर्चुगलका नागरिक हुन् । दुर्घटना सानाब्रियाको जामोरा क्षेत्र नजिकै ए-५२ को ६५ किलोमिटरमा भएको बताइएको छ। दुर्घटनाका बेला जोटा पेनाफिलका २६ वर्षीय पेशेवर फुटबल खेलाडी आन्द्रेसँग यात्रा गरिरहेको बताइएको छ । गाडी सडकमा पल्टिएपछि घातक आगलागी हुँदा खेलाडीको मृत्यु भएको बताइएको छ।
जोटाले एनफिल्डमा प्रिमियर लिग, एफए कप र लिग कप जितेका थिए र लिभरपुलका लागि सबै प्रतियोगिताहरूमा १८२ खेलमा ६५ गोल गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment