रामकुमारी झाँक्रीले स्पष्टीकरण नसोधिएको बताएको केही घण्टामै पार्टीले भन्यो, ‘स्पष्टीकरण सोधिएको हो’

डिसी नेपाल
१९ असार २०८२ १४:४८
524
Shares

काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ।

पाटी कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएका हुन्। यसअघि बिहीबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको बिषय निराधार भएको बताएकी थिइन्।

उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका बिषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए।

सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक बिषयमा छलफल भएको खतिवडाले बताए।

बिहीबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए। पार्टीका केही नेताहरु अस्वस्थ्य रहेकाले बैठक केहिसमय बसेर स्थगित गरिएको उनले जानकारी दिए।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक असार २२ गते पुनः बस्नेगरी स्थगित भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.