स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

डिसी नेपाल
१९ असार २०८२ १५:२८
1.8k
Shares

रौतहट। रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउत रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

गौरभन्सार कार्यालय नजिकको सडकमा चेकजांच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित राउतलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ।

भारतबाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतले टाउकोमा लगाएको हेलमेट भित्र लुकाएको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीले गौरले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेर बरामद भएको नगद सहित आवश्यक कारबाहीका लागी भन्सार कार्यालय, गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.