केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका २० प्रतिशत अनिवार्य गर्न कांग्रेस बैठकमा प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका २० प्रतिशत अनिवार्य गर्न प्रस्ताव भएको छ।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने माग राखिन्।
उनले भनिन्, ‘केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गरौँ। प्रदेश प्रतिनिधिहरूकै प्रदेश कार्यसमितिमा आउनुपर्छ। पार्टीमा युवा प्रतिनिधित्व बढाउनुपर्छ। त्यसका लागि पार्टी केन्द्रीय समिति, सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्दा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गरौँ।’ उनले पार्टीको वडा कार्यसमितिलाई मजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाइन्।
उनले थपिन्, ‘खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ। आयोजना बैंक बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ। यसो भएमा बिचौलिया र कर्मचारीतन्त्र हाबी हुन रोकिन्छ।’ नेविसंघ पूर्वमहामन्त्री समेत रहेकी थपलियाले भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन २र२ वर्षमा अधिवेशन अनिवार्य गर्नुपर्ने बताइन्।







डिसी नेपाल








Facebook Comment