शिकागोको नाइटक्लब बाहिर गोलीबारी, चार जनाको मृत्यु, १४ जना घाइते
काठमाडौं । शिकागोको एक नाइटक्लब बाहिर भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
शिकागो प्रहरीले बुधबार स्थानीय समय अनुसार राति ११ बजेतिर एउटा गाढा रंगको कार क्लबबाट गुड्यो र भित्र रहेका बन्दुकधारीहरूले बाहिरका मानिसहरूमाथि गोली चलाएको बताएको छ।
सीबीएस न्यूजका अनुसार र्यापर मेलो बक्जको एल्बम रिलिज पार्टी पछि मानिसहरूको भीड नाइटक्लबबाट बाहिर निस्किरहेको थियो।
प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको बताएको छ।
गोलीबारीमा घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा लगिएको छ। प्रहरीले २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको जनाएको छ।
अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गोलीबारीमा घाइते र मृत्यु हुनेको पहिचान अझै खुलाइएको छैन।







डिसी नेपाल








Facebook Comment