गलत मनसायबाट विनियोजित बजेट कार्यान्वयन हुन्न : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गलत मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुने बताएका छन्।
शुक्रबार धनगढीमा सम्पन्न नेपाल वन प्राविधिक संघ प्रदेश कार्य समित सुदूरपश्चिमको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘बजेटभित्र समेटिएका कुनै पनि कार्यक्रम, योजना चलखेलका आधारमा, लेनदेनका आधारमा, अनावश्यक रुपमा वा आवश्यकता नभएका ठाउँमा बजेट विनियोजन भएको छ भने त्यो कार्यान्वयन हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘हामीले आफैँलाई वर्तमान सन्दर्भमा बुझ्न सकेनौं, मुलुकको जिम्मेवारी र कर्तव्य केलाउन सकेनौं भने हामीमाथि निरन्तर प्रश्न आइरहनेछन्। उठिरहनेछन् सबैमा सचेत हुन र समयमा आफूलाई करेक्सन गर्न जरुरी छ ।’
बजेटका निर्माणका समयमा धेरै टिक्का टिप्पणी आएको उनले बताए। ‘ती टिकाटिप्पणी आग्रह वा पूर्वाग्रहले आएका हुनसक्छन्। म त्यतातिर जान्न। तर, सही र गलत के हो? त्यो विश्लेषण गर्ने जिम्मेवारी तपाईंहरूको काँधमा छ। सत्य विश्लेषण गरी मलाई रिपोर्टिङ गर्नुहोला। त्यसलाई म गम्भिरता पूर्वक लिनेछु,’ उनले भने।
उनले सबैलाई जिम्मेवार बन्नसमेत आग्रह गरेका छन्। ‘सबैले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्न र इमान्दारीका काम गर्नु पर्दछ,’ उनले भने।
सही मार्ग र पथमा आफूलाई उभ्याउँदै गर्दा एउटा मित्रका हिसाबले, एउटा नेतृत्व हिसाबले र एउटा सरकारका हिसाबले सधैँ जनताको पक्षमा रहने प्रतिवद्धता उनले व्यक्त गरेका छन्।







डिसी नेपाल








Facebook Comment