११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम दिन

डिसी नेपाल
२२ असार २०८२ ११:३६
32
Shares

काठमाडौं। नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औं इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन २ र ३ गते मनाउने भएको छ। एशोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ पेशाको विकास, पेशागत हकहितको संरक्षण तथा देशको समग्र पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदानलाई उजागर गर्न दुई दिनसम्म कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो।

सन् १९६२ मा स्थापना भएको एशोसिएसनले हरेक वर्ष साउन ३ गते इन्जिनियर दिवस मनाउँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा छ उपप्रधान एवं शहरी विकासमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री तथा वन तथा वातावरणमन्त्री विशिष्ट अतिथिका रूपमा उपस्थित रहने महासचिव विनाेदप्रकाश पण्डितले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

“इञ्जिनियर्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स: क्रियटिङ इम्प्याक्ट´ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रहेर यस वर्षकाे दिवस मनाउन लागिएकाे छ । समारोह अन्तर्गत साउन २ र ३ गतेसम्म कुल ६ वटा प्रविधिमूलक सत्र सञ्चालन गरिनेछ। ती सत्रमा स्मार्ट सिटी, यातायात पूर्वाधार, जलविद्युत् सुरक्षा, वातावरणीय अर्थतन्त्र, कार्बन बजार तथा हालैको बजेटसँग सम्बन्धित इन्जिनियरिङ् पक्षमा छलफल हुने छ ।

समारोहको विशेष आकर्षणको रूपमा इन्जिनियरिङ पेशामा विशिष्ट योगदान पुर्‍याउने ११ विधाका इन्जिनियर, आर्किटेक्ट तथा संस्थालाई सम्मान गरिने संस्थाले जनाएकाे छ । ती विधाहरूमा लाइफटाइम अचिभमेन्ट, युवा इन्जिनियर पुरस्कार, महिला इन्जिनियर पुरस्कार, नवीनतम इन्जिनियर, प्रवासी इन्जिनियर, शहीद इन्जिनियर नवराज विष्ट स्मृति पुरस्कार लगायत अन्य समावेश छन्। साे सम्मान र पुरस्कारका लागि आवेदन पठाउने आज अन्तिम दिन हाे । महसचिव पण्डितले सम्मान र पुर्सकारका लागि याेग्य व्यक्तिकाे नाम आफू स्वयं वा अरू कसैले पनि याेग्य लागेकाे व्यक्तिकाे नाम पठाउन सक्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.