रौतहटमा लागूऔषधसहित दुई युवा पक्राउ

डिसी नेपाल
२२ असार २०८२ १६:२८
44
Shares

रौटहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई युवालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं गणपति सन्तोषकुमार बस्नेतले बारा जिल्ला निजगढ नगरपालिका–८ का नवबहादुर वाइबा र दावा योञ्जनलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार ट्रमोल ३०० थान, निट्राजेपाम ट्याब्लेट १४० थान र नेटजेटकेयर पाँच थान लागुऔषधसहित उनीहरूलाई रौतहटको गजुरामुखीबाट पक्राउ गरिएको हो।

लागूऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ, विजयपुरमा बुझाएको गणपति बस्नेतले जानकारी दिए।

सीमासुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले रौतहट जिल्लाको सिमाना पारी रहेका भारतीय बजारबाट लुकिछिपी हुने लागुपदार्थसहित सबै किसिमका अवैधधन्धाको न्यूनीकरण तथा नियन्त्रणका लागि सक्रियताका साथ योजनाबद्ध ढङ्बाट काम गरिहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.