वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
काठमाडौं । नेपाल मेडिकल एसोसिएसनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिइ वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एसोसिएसनले आग्रह गरेको छ।
नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले आइतबार प्रेस विज्ञप्ति जारी गरी वार्ताद्वारा समस्या समाधान गर्न नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एसोसिएसन, नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई हार्दिक आग्रह गर्दछौँ।’
राष्ट्रिय महत्वका एवं सार्वजनिक सरोकारका मुद्दा र अन्य मुद्दामा अदालतबाट भएका फैसलाका बारेमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बारको भनाइ छ।
अदालतबाट भएका विभिन्न फैसलाका बारेमा पूर्णपाठ तयार भएपछि बारले फैसला अध्ययन समितिमार्फत प्राज्ञिक अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने गरेको समेत विज्ञप्तिमा छ।







डिसी नेपाल







Facebook Comment