जयवागेश्वरी युवाक्लब र कामपावडा ८ द्वारा ’एसईई सम्मान २०८२’ कार्यक्रम सम्पन्न

डिसी नेपाल
२३ असार २०८२ ९:४५
4
Shares

काठमाडौँ । जयवागेश्वरी युवाक्लबको आयोजनातथाकाठमाडौँ महानगरपालिकावडा ८ को सह–आयोजनामा’एसईई सम्मान २०८२’ कार्यक्रम सम्पन्नभएको छ ।

कामपावडा ८ मा स्थायीतथाअस्थायी रूपमाबसोवास गर्ने २०८१ सालमाएसईई परीक्षाउत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममाशतप्रतिशतनतिजाल्याउने सात (७) जना सहित एक सय बयासी (१८२) जनाएसईई परीक्षामाउत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रमका संयोजकदिलिप बैद्यले स्वागतमन्तब्य राख्दै,एसईई दिएर बसेका विद्यार्थीहरुलाई आगामी शैक्षिकयात्राकालागि शैक्षिक संघसंस्थाहरुलाई एकै ठाउँमाल्याउने बुझ्ने र जानकारी प्रदान गर्ने उद्देश्य सहितविद्यार्थीहरूलाई हौसलाप्रदान गर्नका लागीएसईई सम्मानकार्यक्रमआयोजना गरिएको बताए।

उनले विभिन्न ११ वटाशैक्षिक संघसंस्थाहरूको जानकारी लिनुका साथै विद्यार्थीहरूले सहि र गुणस्तरीय शैक्षि.क गन्तव्य चयन गरूनभन्ने हेतुले कार्यक्रमआयोजना गरिएको बताए।

त्यस्तै, कार्यक्रममाबोल्दै काठमाडौँ महानगरपालिका सम्पदातथा पर्यटन समिति संयोजकएवं काठमाडौँ महानगरपालिकावडा ८ का वडाअध्यक्षआशामान संगतलेएसईई परीक्षामाउत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वलभविष्यको कामना सहितआगामी शैक्षिकयात्राको लागिशुभकामनाव्यक्त गर्नुहुदैँ शिक्षा नै भविश्यको मार्ग दर्शन भएकाले सहि शैक्षिक संस्थाबाटशिक्षालिनआग्रह गरे ।

वडाअध्यक्ष संगतले, विभिन्न शैक्षिक संघसंस्थाले माध्यमिकशिक्षा परीक्षाएसईईमा शतप्रतिशत सहितविभिन्नतहमाआफ्नो नतिजा प्रस्तुत गर्नेविद्यार्थीले कक्षा ११-१२ मा नै कुन देश जाने होइनकुनठाउँमाकुन स्तरको कलेजमा कसरी उच्चशिक्षाहाँसिल गर्नेभन्नेतर्फ सोच विचार गरेर अगाडिबढ्न आग्रह गरेउनले अहिलेको शैक्षिक स्तर मात्रहोइनविद्यार्थीहरूको भविष्यप्रतिपनिचिन्तालिनआवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, शिक्षाविद्, जयवागेश्वरी युवाक्लबका सल्लाहकार अनन्त प्रसाद भेटवालले, ‘एसईई परीक्षामाउत्कृष्टनतिजाल्याउने विद्यार्थीहरूलाई बधाई ज्ञापनगर्दै,शिक्षाजस्तो पवित्र क्षेत्रमा कसैले पनिकुदृष्टिले हेर्न नहुने बताए ।

उनले विद्यार्थीहरूले आफ्नो भविष्यनिर्माण गर्ने तहमा पुगि रहदाँ उनिहरूको स्तरलाई वृद्धिगर्दै अगाडि बढाउन शैक्षिक संस्थाहरुले अभिभावकत्व लिनुपर्ने बताए । विभिन्न कलेजका प्रतिनिधिहरूले,स्थानीय संघ संस्थाले निजि स्तरबाट जुन हिसावले युवा पुस्तालाई अगाडि बढाउन यस्तो सम्मान कार्यक्रम राख्नु महत्वपूर्ण कुरा रहेको बताएका थिए । उनिहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै गहन शैक्षिक गन्तव्यका लागि यस्ता खाले कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

कार्यक्रको सभापतिका रुपमाजयबागेश्वरी युवाक्लबकाअध्यक्ष रजिशश्रेष्ठ रहेका भएको थियो भने, कार्यक्रमको प्रमखअतिथि काठमाडौँ महानगरपालिका सम्पदातथा पर्यटन समिति संयोजक एवं वडाकामपा ०८ का वडाअध्यक्ष आशमान संगत रहेका थिए। कार्यक्रमको विशिष्ट अतिथि लायन्स इन्टरनेसन लडिस्ट्रिक ३२५ ए वान्का पूर्व गर्भनर, शिक्षाविद्, जयवागेश्वरी युवाक्लबका सल्लाहकार अनन्त प्रसाद भेटवाल रहेका थिए ।

कार्यक्रममा मनास्लु बल्ड कलेज, सेन्ट लरेन्स कलेज, आदिम नेशनलकलेज, विनायकसिद्धकलेज, टेक्सस इन्टरनेसनलकलेज, रिलायन्स इन्टरनेसनलकलेज, ग्यालेक्सीपब्लिक स्कुल, इलिक्सर एकेडेमी, नोवल एकेडेमी, नासाकलेज लगायतका संघसंस्थाहरु सहभागी रहेका थिए । कार्यक्रममामिडियापाटनरका रूपमादक्षखबर डटकम रहेको थियो ।

कार्यक्रममा सिफल सेकेन्डरी स्कुलबाट शत प्रतिशत अंकल्याउने प्रतिक डंगोल, काठमाडौँ इन्टरनेसनल स्कुलबाट शत प्रतिशत अंक ल्याउने स्वरित भेटवाल र इलिक्सर एकेडेमीबाट शतप्रतिशतअंकल्याउने विद्यार्थीहरू आर्य भूषणआचार्य, दीक्षितआभार्य, श्रीजेश गौतम, स्लेष्मा सेढाई, उपासनाप्याकुरेललाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन जयवागेश्वरी युवा क्लबका सहसचिव सुजन तिमल्सिनाले गरेका थिए । जयवागेश्वरी युवाक्लब सांस्कृतिक, धार्मिक एवं सामाजिक कार्यहरूमाअग्रणी संस्था हो । जसको स्थापना २०६४ सालमा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.