सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन

डिसी नेपाल
२३ असार २०८२ १४:१९
48
Shares

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले काठमाडौंको न्यूरोड क्षेत्रमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्।

सोमबार महासंघहरूले सरकारको हालैको नीतिका विरुद्धमा आवाज उठाउँदै व्यापार अनुकूल वातावरण बनाउन माग गरेका हुन्।

उनीहरूले सुनचाँदी तथा रत्न व्यवसायमा सरकारी हस्तक्षेप, कर प्रणालीको अपारदर्शिता, र अस्थिर बजार नीतिको विरोध गरेका छन्।

विरोध कार्यक्रममा सहभागी व्यवसायीहरूले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै आफ्नो असन्तोष व्यक्त गरेका थिए।

उनीहरूले २५ ग्राम, ५० ग्राम, १०० ग्राम र २०० ग्रामका सुनका बार व्यवसायीहरूको माग अनुसार सहजै उपलब्ध गराउने व्यवस्था गर। व्यवसायमैत्री ऐन नियम तथा नीति निर्देशिका निर्माण गर, हामी व्यवसायी र कालिगढहरूलाई विस्थापित गर्न पाईँदैन जस्ता प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.