शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र असार ३२ देखि निष्कासन हुने

डिसी नेपाल
२४ असार २०८२ १०:३५
44
Shares

काठमाडौं। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडलेको ऋणपत्र यहि असार ३२ गते देखि निष्कासन हुने भएको छ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘शाइन रेसुंगा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ।

निष्कासन गर्न लागिएको कुल ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। ऋणपत्रको निष्कासन छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बन्द हुनेछ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.