रसुवा घट्नाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने भनाइ व्यक्त गरे।
‘रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनपर्ने देखिरहेको छ। यस्तो बेला उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ। अब सरकार चुप बस्न हुँदैन’ उनले भने।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment