सोविता गौतमको अभिव्यक्तिप्रति एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग

डिसी नेपाल
२४ असार २०८२ १६:२८
236
Shares

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्रीसंग स्पेन भ्रमणका गएकाहरु नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसंगै गएका केहि व्यक्तिहरु नफर्किएको बताएकी थिइन्।

त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे। उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसदलाई जानकारी गराउन समेत चूनौति दिए।

बैठकमा सरकारप्रति उठेका बिषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरुले आपत्ति जनाएका थिए। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसंग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुले दिनुपर्ने बताए।

त्यस्तै उहाले सरकारको दवावमा संसदको कार्यसूची हटाउने काम भएको भन्दै सदनलाई हेप्ने काम भएको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.