अध्यागमन विभागद्वारा आगमन र प्रवेश क्षेत्रमा कडाई

डिसी नेपाल
२४ असार २०८२ १९:०४
120
Shares

काठमाडौं । अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाई गरेको छ।

विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा अध्यागमन कर्मचारीहरू र यात्रुहरूबाहेक अन्य व्यक्तिहरूको अनुमति विनाको प्रवेश निषेधलाई कडाई गरेको हो।

विभागका अनुसार आगमन वा प्रस्थान गर्ने यात्रुका आफन्तहरूको अध्यागमन सम्मै हुने अनधिकृत प्रवेशलाई पूर्ण रूपमा निषेध हुने छ।

अध्यागमन निकायले चेकजाँच गर्ने कागजात प्रवेश विन्दुदेखि उपस्थित अधिकांश निकाय, सुरक्षाकर्मी, हवाइसेवा कम्पनीहरू, ग्राउण्ड ह्याण्डलिङ रहेका एयरलाइन्सका कर्मचारीहरू समेतले अनावश्यक चेकजाँच गर्ने र यात्रुलाई विना कारण अध्यागमनस्थल र प्रक्रियामा प्रवेश नगराई फिर्ता गरिदँदा यसको दोष समेत अध्यागमन प्रशासनले भोग्नुपरेको गुनासो विभागको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.