टेलिकमकी निलम्बित प्रबन्ध निर्देशकलाई दुई लाख धरौटीमा छाड्न आदेश

डिसी नेपाल
२४ असार २०८२ २१:५०
104
Shares

काठमाडौं। विशेष अदालत, काठमाडौंले नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई रु दुई लाख धरौटीमा छाड्न आदेश गरेको छ।

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आज बयान सकेर थुनछेक बहसपछि यस्तो आदेश दिइएको हो।

‘विलिङ सिस्टम अपग्रेड’ गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.