एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन
काठमाडौं। आज देखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेको छ।
गत जेठ १५ सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो।
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद शेयर जारी गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो। हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन १३ गते निर्धारण गरिएको छ।
शेयरधनीहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, महेन्द्रनगर र बुटवल नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।
धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।







डिसी नेपाल








Facebook Comment