मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
२५ असार २०८२ १७:१२
216
Shares

सर्लाही । लालबन्दी नगरपालिका-३ स्थित सडकमा जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको बीआर ०६ एएम ७४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक पर्सा गाउँपालिका-६ पर्सा टोल बस्ने ३० वर्षीय हरिन्द्र पासवानको मृत्यु भएको छ।

मंगलबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम धनुषामा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.