चन्द्रपुर नगरका ४४ वटा गाईभैसीमा लम्पी स्किन रोगको सङ्क्रमण

डिसी नेपाल
२६ असार २०८२ १६:४३
56
Shares

रौतहट । पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशु चौपाय मर्न थालेका छन्।

केहि दिन अघि मात्र चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरटोलका कृष्ण गौतमले पालेका गाई मरेका हुन्। लम्पी स्किन रोगको उपचार गर्दा गर्दै गौतमले पालेको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले बताए।

उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा, वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैसीमा सो रोग संक्रमण देखिएको छ। यो तथ्याङक अझै बढन सक्ने उनले बताए।

लम्पी स्किन रोगबाट सङ्क्रमित गाई भैँसीको दूध उत्पादनमा गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र मर्ने लक्षण हुने उनको भनाइ छ।

लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो। यो रोग लामखुट्टे, झिँगा र किर्ना जस्ता कीराको टोकाइबाट सर्ने गरेको डा.चौधरीले बताए।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिने गरेको उनले बताए। चन्द्रपुर नगरपालिका पशु शाखाका अनुसार नगरक्षेत्रका ४४ वटा गाईभैसीमा उक्त रोगको संक्रमण देखा परेको छ। महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएको पाईएको छ। एक पशुलाई सो रोग बिरुद्ध उपचार गर्नको लागी १० देखी १२ हजार सम्म खर्च लाग्ने समेत डा. चौधरीले जानकारी दिए।

चन्द्रपुर वडा नं. ३ ले वडा कार्यालयको आफनै बजेटबाट करिब दुई हजार २ सय ५० वटा गाइ र भैसीलाइ लम्की स्किन रोग बिरुद्धको भ्याक्सीन लगाइएको छ। त्यसैगरी वाड नं. ९ ले पनि आफनै बजेटबाट एक हजार ६ सय भन्दा बढी पशुलाइ सो रोग बिरुद्धको भ्याक्सीन लगाइसकेको छ।चन्द्रपुर नगर क्षेत्रमा गत बर्ष मात्र लम्पी स्किन रोगको कारण एक सय ६० वटा गाईभैसी मरेको चन्द्रपुर नगरपालिका पशु शाखाको तथ्याङमा छ। अहिले नगरभरीको पशुहरुलाइ उक्त रोग बिरुद्ध १० हजार थान खोप आवश्यकता रहेको पशु शाखाले जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.