राराको सल्लेरी बजारमा अनुगमन, अखाद्य बस्तु भेटियो

डिसी नेपाल
२७ असार २०८२ १६:३४
116
Shares

काठमाडौं । नेपालको ठूलो सुन्दर रारा तालको काखमा रहेको सल्लेरी बजारमा स्थानीय नागरिक र रारा घुम्न आउने पर्यटकहरुको स्वास्थ्यलाई मध्यनजर गरी सरोकारवाला निकायबाट होटल तथा पसल अनुगमन गर्दा होटलहरुमा सरसफाइ नभएको भेटिएको छ ।

होटलमा अनुगमनका क्रममा पर्यटक तथा अन्य स्थानीय नागरिकहरुबाट जनगुनासो नहोस भन्ने हिसाबले सल्लेरी बजारमा रहेका पसल होटलमा जिल्ला सहयक प्रमुख जिल्ला अधिकारीको संयोजकमा जिल्लामा रहेका सरोकारवाला निकार्यहरुको उपस्थितिमा बजार अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु चाउचाउ ,बिस्कुट , चिउरा, आटा, दालमोट, पेय पदार्थ, मदिरा, सुर्तिजन्य बस्तु लगायत म्याद गुज्रेका सामान बरामद गरी प्रक्रिया पुरा गरी नष्ट गरिएको छ।

होटलहरुका सरसफाइ गर्न सुझाव दिंदै अर्को पटक म्याद सकिएका सामान विक्री गर्ने पसलहरुलाई कारवाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कमल भट्टले बताए।

सल्लेरी बजार पर्यटकीय क्षेत्र राराको छेउमा रहेको हुँदा पर्यटक र स्थानीय नागरिकहरुको स्वास्थ्यलाई मध्यनगर गर्दै सल्लेरी बजार अनुगमन गरिएको र अखाद्य बस्तु नष्ट गरिएको साथै मूल्य सूचि राख्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए।

सल्लेरी बजारमा ब्यावसाय गर्दै आएका ब्यापारीहरुमा एकरुपता नहुनु, पर्यटकहरुलाई तानातान गर्दा पर्यटक र साना व्यापारीहरुलाई समस्या हुने गरेको मामा भान्ज होटलका सन्चालक सन्तोष भामले बताए।

सल्लेरी बजारमा ब्यापारीहरुले कुनैपनि सामानको दररेट नराख्दा समस्या परेको स्थानीय लोल बहादुर बिकको गुनासो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.