भानु जयन्तीमा भानुभक्त मेमोरियल विद्यालयको प्रभातफेरी

डिसी नेपाल
२९ असार २०८२ १२:५६
36
Shares

काठमाडाैं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यसै क्रममा भानुभक्त आचार्यकै नाममा स्थापित भएको भानुभक्त मेमोरियल विद्यालय पानीपोखरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएकाे छ।

उक्त प्रभातफेरी कार्यक्रम नेपाल स्टाउट भवन लैनचौरबाट सयौं विद्यालर्यीले विभिन्न पोशाकमा सजियर, भानुभक्त बनेर तथा रचनाहरु पाठ गर्दै विद्यालयसम्म पुगेकाे थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व राज्य मन्त्री राजेशकाजी श्रेष्ठ सहभागी भएका थिए।

प्रभातफेरी कार्यक्रम विद्यालयको प्राङ्गणमा रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरी समापन गरिएकाे थियाे। भानुजयन्तीकै अवसरमा विद्यालयले विहान ११ बजेदेखि २ बजेसम्म रक्तदान तथा स्वास्थ्य शिविर समेत सञ्चालन गरेकाे छ।

साथै ४ बजे एसइइ उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए- ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.