शिक्षकले छात्रालाई जिस्काएपछि विद्यालय तोडफोड

डिसी नेपाल
२९ असार २०८२ १६:३८
100
Shares

रौतहट । श्री माध्यमिक विद्यालय गरुडा९ श्रीपुरका एक शिक्षकले आफ्नै छात्रालाई जिस्काएको भन्दै आक्रोशित समूहले विद्यालय तोडफोड गरेको छ।

छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर पठाएको आरोपमा आइतबार शिक्षक रवीन्द्र प्रसाद साहमाथि कुटपिट हुनुका साथै विद्यालय तोडफोड गरेको हो।

विद्यालयका अभिभावक र विद्यार्थीको समूहले उनलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। आक्रोशित समूहले विद्यालयको संरचना र सामग्रीमा समेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए।

उनका अनुसार शिक्षक शाहलाई पनि नियन्त्रणमा लिइएको छ। विद्यालयमा रहेका अन्य शिक्षक र विद्यार्थीलाई घर पठाइएकाले अहिले अवस्था नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.