महिला अधिकारका लागि महिला नै लड्नुपर्छ : उपसभामुख
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरुमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छिन्।
२२१औं भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन्।
‘हामी अधिकारको कुरा गछौँ, एकल महिलाको कुरा गर्छौ। अब कुरा गरेर मात्र नभइ महिला एक हुनपर्ने बेला आएको छ। महिलाहरुले आफ्नो अधिकारको लागि आफै लड्नुपर्ने र त्यो क्षमता आफैले वृद्धि गर्नुपर्छ,’ उनले भनिन्।
‘सासु बुहारी मिलेर अघि बढ्दा पुरुषको नै चाँहिदैन जस्तो लाग्छ। महिलाहरु पीडित नै हुन पर्दैन्। त्यसैले हामी सबै एक हुनुपर्छ,’ उनले अगाडि भनिन्, ‘ नेपालमा जन्मेपछि हरेकले नेपाली नागरिता पाउनैपर्छ। आमाकै नामबाट पनि नागरिता पाउने अहिलेको कानुन ठिक छ।’







डिसी नेपाल







Facebook Comment