सञ्चारमन्त्री गुरुङ आज स्वदेश फिर्ता

डिसी नेपाल
२९ असार २०८२ १९:४३
76
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ आज स्वदेश फर्किएका छन्। आइतबार साँझ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई सञ्चारमन्त्री गुरुङ स्वदेश फर्किएका हुन्।

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न उक्त सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तीनवटा छलफल सत्र र चारवटा मुख्य सत्रमा सहभागी भएको थियो।

यही जुलाई ८ देखि ११ तारिखसम्म सम्पन्न सो सम्मेलनमा सूचना प्रविधिको प्रयोगबाट दिगो विकास लक्ष्य प्राप्ति गर्ने र एआई प्रविधिलाई मानव विकासमा सकारात्मक प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

सम्मेलनमा सरकारका तर्फबाट मन्त्री गुरुङले सूचना प्रविधिको प्रयोग र विश्वमा यसको प्रवृत्ति तथा नेपालमा यसका के कस्ता चुनौती देखिएका छन् भन्ने बारेमा धारणा राखेका थिए। साथै, नेपालले यस सम्बन्धमा देखापरेको खाडललाई सम्बोधन गर्न विभिन्न नीति, योजना, कार्यक्रम अगाडि बढाइरहेकाले सहयोगका लागि आह्वान समेत गरेका थिए।

सम्मेलनका क्रममा मन्त्री गुरुङले सहभागी राष्ट्रका मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरी विश्व सूचनाबारे समाजलाई बलियो बनाउनेबारे छलफल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.