नेपालमा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन
चितवन । मौरी विकास कार्यक्रम भण्डाराले पहिलो पटक कृत्रिम गर्भाधानबाट मौरीको रानु उत्पादन गरेको छ। एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधिबाट पाँच वटा मौरीको रानु उत्पादन गरिएको हो।
कार्यक्रमका प्रमुख सुजन अम्गाईंका अनुसार अमेरीकाको युनिर्भसिटी अफ फ्लोरिडाका मौरी प्रजननविज्ञको प्राविधिक सहयोगपछि रानु उत्पादन गरिएको हो। मौरीको नश्ल सुधारका लागि कृत्रिम प्रविधिबाट रानु उत्पादन गरिएको हो। तालिम प्राप्त युवा कृषक एलिस महर्जन र मौरीपालन विकास कार्यक्रमका प्राविधिकहरूको सहकार्यमा रानु मौरी उत्पादन गरिएको अम्गाईंले जानकारी दिए।
कार्यालयको निरन्तरको प्रयासपछि पहिलो पटक रानु उत्पादनमा सफलता प्राप्त गरिएको उनले बताए। मौरीपालन विकास कार्यक्रमले अघिल्लो आर्थिक वर्षमा एउटा रानु मौरी उत्पादन गरे पनि त्यसलाई बचाउन सकेको थिएन। हाल भने उत्पादन गरिएका रानुलाई बचाउन सकिएको कार्यक्रम प्रमुख अम्गाईंले बताए।
नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादन बढाउन सहयोग पुर्याउने र त्यसमा रोग प्रतिरोधी क्षमता बढी हुने जनाइएको छ। यसको जीवनचक्र र असरबारे भने अध्ययन गर्न बाँकी छ। कृत्रिम गर्भाधानका लागि मेरीफेरा जातको मौरी प्रयोग गरिएको थियो।







डिसी नेपाल







Facebook Comment