रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

डिसी नेपाल
२९ असार २०८२ २१:१३
224
Shares

भैरहवा । रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छ जनाको नाम सिफारिस गरिएको छ।

राप्रपा जिल्ला कार्यसम्पादन समितिको आज बसेको बैठकले छ जनाको नाम सिफारिस गरेको प्रवक्ता दिलीपकुमार मल्लिकले बताए। सिफारिस हुनेहरूमा पार्टीको जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य ई प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिक रहेका छन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो। विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा रुपन्देही३ मा राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए। गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचन तोकेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.