मधेस प्रदेशमा हालसम्म ३५ प्रतिशत धान रोपाइँ

डिसी नेपाल
२९ असार २०८२ २३:३०
16
Shares

जनकपुरधाम । आकाशेपानीको अभावमा मधेस प्रदेशमा असारको अन्तिम हप्तासम्म अर्थात् हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयले लामो समयदेखि पानी नपरेकाले भूमिगत सिँचाइको माध्यमबाट किसानले धान रोपाइँ गरिरहेको जनाएको छ।

खोला, नदी तथा नहरहरूमा पानीको सतह कम भएकाले सिँचाइ हुन नसक्दा डिपट्युवेल, स्यालोटयुवेल तथा बोरिङको पानीबाट धान रोपाइँ भइरहेको हो। हालसम्म ८० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसक्नुपर्नेमा यसपटक पानी अभावले ३५ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका वागवानी अधिकृत प्रदीप यादवले बताए।

मधेस प्रदेशमा तीन लाख ७२ हजार ५४५ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म एक लाख २७ हजार हेक्टरमा रोपाइँ भएको उनले जानकारी दिए।

हालसम्म पर्सामा ७५ प्रतिशत, बारामा ४१ प्रतिशत, रौतहटमा ४५, महोत्तरीमा १९, धनुषामा २६, सिरहामा ३०, सप्तरीमा १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ।

मधेस प्रदेशमा पाँच लाख ४२ हजार पाँच सय ८० हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धानखेती हुँदै आएको निर्देशनालयले जनाएको छ। विभिन्न नदी, नाला तथा खोलाको पानीबाट ३० प्रतिशत मात्र खेती सिँचाइ हुँदै आएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.