भारत र पाकिस्तानबीच आणविक युद्ध हुन सक्ने ट्रम्पको दाबी

डिसी नेपाल
३१ असार २०८२ ११:०१
1.0k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक व्यापारको माध्यमबाट भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोकेको दाबी गरेका छन्।

नेटो महासचिव मार्क रुटसँगको भेटमा ट्रम्पले भने , “भारत र पाकिस्तान जसरी अगाडि बढिरहेका थिए, त्यसले अर्को हप्ता भित्र उनीहरूबीच आणविक युद्ध हुन सक्ने थियो।”

ट्रम्पले दाबी गरे, “मैले उनीहरू (भारत र पाकिस्तान) लाई भनेको थिएँ कि जबसम्म तपाईंहरू यो मुद्दा समाधान गर्नुहुन्न, हामी तपाईंहरूसँग व्यापारको बारेमा कुरा गर्ने छैनौं। उनीहरूले त्यसो गरे (द्वन्द्व रोके)।”

डोनाल्ड ट्रम्पले धेरै पटक दाबी गरेका छन् – उनको कारणले दुई देशबीचको सैन्य द्वन्द्व रोकिएको थियो। भारतले उनको दाबीलाई बारम्बार अस्वीकार गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा घोषणा गरेका थिए – अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन्।

यसपछि, भारतीय विदेश मन्त्रालयले भारत र पाकिस्तानबीच सैन्य द्वन्द्व रोक्न भएको सम्झौतालाई स्वीकार गरेको थियो, तर अमेरिकाको नाम लिएको थिएन।

भारतले पनि अमेरिकाको मध्यस्थताको दाबीलाई अस्वीकार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *