महाकाली नदिको बिचमा अड्किएका पुरुषको सकुशल उद्धार
दार्चुला। दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदिको बिचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।
बिहीबार बाँके जिल्लाको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय बिक्रम के.सी. नदिको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको हो।
उक्त घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवारज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्वार गरेको हो।
उद्वार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment