सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

डिसी नेपाल
२ साउन २०८२ १६:४२
4
Shares

काठमाडौं । नयाँ हास्य शृंखला ‘गावैं रमाइलो’लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात हप्ता अघिको बिहिबारदेखि सुरु भएको सो सिरियल सातौं भागसम्म आउदा धेरै दर्शकले मन पराउन थालेका हुन् । हरेक बिहीबार साँझ आउने उक्त सिरियल हेर्नेको ग्राफ बढ्दै गइरहेको निर्देशक नेत्र राउतले बताएका छन् ।

सातौं भागमा ट्विस्ट आएपछि दर्शकहरुलाई आठौं भाग कस्तो होला भनेर प्रतिक्षा गर्न उत्साहित बनाएको छ । सातौं भागमा भर्खरै जेलबाट छुटेका सुवास घिसिङ ‘सुनपहेंले’सँग नवीना सिलवाल ‘खुइली’ बिहे गर्न राजी हुन्छिन् । तर, जब खुइलीको साथीको भूमिकामा पत्रकारको इन्ट्रि हुन्छ । त्यसपछि बिहेको लागि तयार भएको खुइलीलाई धोका दिन्छन् । ‘सुनपहेंले’ खराब हुन् भन्दै खुइलीलाई भड्काउछन् । लास्टमा पत्रकारले नै ‘सुनपहेंले’सँग बिहे गर्छिन् । अनि तनावमा खुइली ।

यो सिरियलले सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कमेडी ड्रामामा आधारित सिरियल रहेको निर्देशक राउतको भनाइ छ । ‘सातौं भागसम्म आउँदा दर्शकले अत्यधिक मन पराइदिनु भएको छ, हाम्रो मिहिनेत अझै जारी छ,’ निर्देशक नेत्र राउत भन्छन्, ‘हास्य-व्यंग्यलाई अझै परिस्कृत गरेर आगामी शृंखला ल्याउने तयारी छ।’

हास्य चलचित्रले विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवा-पिढी तथा अन्य त्यस्तै व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने उद्देश्य राखेको छ। यो टेलिचलचित्रमा नेपालमा चर्चित हास्य कलाकारहरूको बाहुल्य उपस्थिति रहेको छ। यस सिरयलमा वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मण विक्रम बस्नेत, सुरेश थापा, विनोद राई, नवीना सिलवाल, नेत्रविक्रम खड्का, सुभाना राई र कृशला तामाङ लगायतको अभिनय देख्न सकिने छ।

शृंखलामा स्वर, शब्द तथा संगीत नवीन रावलको रहेको छ। यस्तै, मिक्सिङ किस्मत स्टुडिओले गरेको छ। पार्श्व ध्वनी सुविन सेन्चुरीले दिएका छन्। आइटी सपोर्टरमा विशाल राई, निर्माण नियन्त्रकमा सुजन गिरी रहेका छन्। सम्पादन राजकुमार कार्कीले गरेका छन् भने छायांकन ज्ञानकुमार कट्टेलले गरेका छन्।

थापाले यसअघि ‘लोडसेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’लगायत थुप्रै हास्य टेलिचलचलित्र ल्याएका थिए। ती हास्य टेलिचलचित्रहरू नेपाली समाजमा लोकप्रिय बनेका थिए। टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा हुन् भने ‘गाँवै रमाइलो’ नामक हास्य शृंखलाको निर्मातामा नदिश मानन्धर रहेका छन् । उनीहरूको यो नयाँ टेलिफिल्म हरेक बिहीबार बेलुका साढे ७ बजे युटुबमार्फत प्रसारण भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.