साउने सोमबार : पशुपति दर्शनमा सहजता, यस्ता छन् सुविधाहरु (तस्बिर)

डिसी नेपाल
५ साउन २०८२ १०:५७
32
Shares

काठमाडौं। साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ। यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ।

ब्रत बसेर दर्शनका लागि पशुपति मन्दिर पुगेकी रजनी थापाले यस पटक सहज रुपमा दर्शन गर्ने वातावरण मिलेको बताइन्।

उनले भनिन्, ‘विहान पाँच बजेदेखि लाइन लागेको हुँ। आमा हुनुभएकाले अलिक सहज भयो। पोहोर सालभन्दा बृद्धबृद्धाहरुलाई सहज वातावरण छ। लाइन छिट्टै सरेको छ। हरेक बर्षको साउने सोमबारमा ब्रत बस्ने गरेकालाई पावन अवसर लाग्छ। भोलेनाथको महिना भएकाले पनि ब्रत बसिन्छ।’

यस्तै दर्शनकै लागि पशुपति पुगेकी देवी थापाले व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने विश्वास लागेको बताइन्।

‘शिवजीको आराधना गरेर ब्रत बसेर पशुपति दर्शन गर्न आएको हुँ। यसपाली अलिक सहज लाग्यो। साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ,’ उनले भनिन्।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिने शास्त्रीय मान्यता समेत रहेको छ।

पशुपति क्षेत्र विकास कोषले पनि साउन महिनाभर विशेषतः सोमबारका दिनहरुमा भक्तजनहरुको सुविधा, सुरक्षा र उचित व्यस्थापनका लागि विशेष तयारी गरेको जनाएको छ।

कोषका अनुसार निःशुल्क खानेपानी, मोबाइल शौचालय र स्वास्थ्य सहायता केन्द्रको व्यवस्था, दर्शन व्यस्थापनको लागि प्रवेश र निकासको स्पष्ट रेखांकन तथा प्रहरी सहायताको व्यवस्था, स्वयंसेवक, प्रहरी र सुरक्षाकर्मीको समन्वयमा लाइन व्यस्थापन, आन्तरिक सरसफाई तथा फोहोर व्यवस्थापन, भीड नियन्त्रणका लागि सिसिटिभी निगरानी र सूचना प्रणालीको व्यवस्था, भक्तजनलाई सहयोग पुग्ने उद्देश्यले सूचनाकक्ष एवं माइकमार्फत सूचना प्रसारणको प्रयोगबाट नियमित जानकारीको व्यवस्था, विशेष पूजाका लागि विशेष लाइनमार्फत व्यवस्था, भक्तजनको आवतजावत सहजीकरणको लागि निःशुल्क बस सेवाको व्यवस्था , भक्तजनहरूको सहजताकालागि खोज तलास केन्द्रको व्यवस्थालगायतको सुविधा मिलाइएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.