चीनमा निर्मित घाँस काट्ने स्मार्ट यन्त्र विश्वमा लोकप्रिय

डिसी नेपाल
५ साउन २०८२ १४:३६
80
Shares

एजेन्सी। चीनले फरक फरक क्षमता भएका स्मार्ट रोबोटहरुको विकासलाई तिब्रता दिएको छ। हाल घाँस काट्ने स्मार्ट रोबोटले विश्व बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको छ।

घाँस काट्ने चिनियाँ स्मार्ट रोबोटहरूले प्रतिस्पर्धामा सफलता हासिल गर्दै गएको निर्माण कम्पनीहरुको दाबी छ। चीनमा निर्मित यस्ता रोबोटिक लन मुवरहरूले विश्वव्यापी मञ्चमा आफ्नो स्थान बनाइरहेका छन्।

बेइजिङस्थित एक घास काट्ने यन्त्र निर्माता कम्पनीले आफ्नो उत्पादन प्रदर्शन गर्दै फोन वा रिमोर्ट कन्ट्रोलबाटै यस्ता यन्त्रहरुको प्रयोग गर्न सकिने जनाएको छ।
एआईबाट संचालित असिस्ट म्यापिङ सुविधासहितको त्यस्ता मेसिनले म्यापिङ प्रक्रियाको क्रममा ल्यानको किनारहरू पहिचान गर्ने गर्दछ।

यस्ता रोबोटहरु प्रयोग गर्दा ग्राहकहरूले एपमा अक्षर टाइप गर्न वा डिजाइन चयन गर्न सक्छन्, र घास काट्ने यन्त्रले सोही अनुसार आकार निर्माण गरेर घाँस काट्नेछन्।
यस वर्षको पहिलो त्रैमासिकमा चीनको स्मार्ट रोबोट घास काट्ने यन्त्रहरूको निर्यात मूल्य एक अर्ब अमेरिकी डलर नाघेको छ। जुन अघिल्लो वर्षको तुलनामा लगभग ६० प्रतिशतले वृद्धि हो।(सीसीटीभीप्लस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.