सिरहा कारागार झडपबारे प्रतिवेदन तयार
सिरहा। जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा कारागार प्रशासनले विस्तृत अनुसन्धान प्रतिवेदन तयार गरेको छ।
कारागार प्रमुख सुवोध महतोले झडपको कारण, घटनास्थलको विवरण, कैदीबन्दीको संलग्नतालगायत पक्ष समेटिएको प्रतिवेदन तयार पारिएको बताए। उनले प्रतिवेदन तयार भएको र मंगलबार जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएपछि आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढ्ने बताए।
कारागारभित्र ‘मुख्य नाइके’ को विषयमा भएको विवाद भएको र सोही कारण देखाउँदै उत्पन्न झडपमा १३ जना कैदीबन्दी घाइते भएका थिए।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख चेतराज बरालले कारागारबाट प्राप्त प्रतिवेदनको आधारमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले भने, ‘कारागारले प्रतिवेदन दिएपछि प्रहरीले विस्तृत रूपमा अनुसन्धान गर्नेछ, त्यसपछि सत्य तथ्यका आधारमा कानुनी कारबाही अघि बढ्नेछ।’







डिसी नेपाल







Facebook Comment