इजरायली सेनाले विश्व स्वास्थ्य संगठनका कर्मचारीको घरमा आक्रमण गरेको आरोप

डिसी नेपाल
६ साउन २०८२ १०:५७
44
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इजरायली सेनाले सोमबार गाजा शहर देइर अल-बलाहमा रहेको आफ्नो कर्मचारी घर र मुख्य गोदाममा आक्रमण गरेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले इजरायली हवाई आक्रमणका कारण आगलागी भएको र त्यसले कर्मचारी र उनीहरूका परिवारलाई खतरामा पारेको बताएको छ।

संस्थाले आफ्ना पुरुष कर्मचारीहरूलाई बन्दुक देखाएर निर्वस्त्र पारेर सोधपुछ गरिएको आरोप लगाएको छ।

विश्व स्वास्थ्य संगठनको यो आरोपमा इजरायलबाट अहिलेसम्म कुनै बयान आएको छैन।

सोमबार, इजरायली ट्याङ्कहरू पहिलो पटक देइर अल-बलाह शहरको दक्षिणी र पूर्वी जिल्लाहरूमा प्रवेश गरे।

यसअघि आइतबार इजरायल रक्षा बल (आईडीएफ) ले देइर अल-बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै त्यहाँबाट बाहिर जान आदेश दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.